प्रधानमन्त्रीका अवसर र चुनौती

नेपालको राजनीतिले नयाँ मोड लिएको छ । करिव दुई तिहाई नजिक रहेको कम्यूनिष्टको सरकार अहिले ढलेको छ । नेपालमा कम्यूनिष्टहरुको एकता धेरै लामो समयसम्म नहुने भन्दै गरिएका बिश्लेषणका बिषयहरु पछिल्लो राजनीतिक घटनाक्रम सँगै सत्यमा परिणत भएको देखिएको छ । नेकपा हुँदाका शिर्ष नेताहरुमा सत्ता प्राप्तीको खेल सुरु हुनु, व्यक्तिगत रुपमा आफ्ना मान्छे भर्ती हुन नसकेका बिषयहरु चर्को रुपमा बाहिर आउनु, शिर्ष नेताहरुको इगो बढ्नु जस्ता धेरै आन्तरिक र कतिपय बाहिय कारणले पनि नेपालमा कम्यूनिष्टको सत्ता लामो समय सम्म चल्न नसकेको सत्य सावित भएको छ ।
नयाँ राजनीति परिवर्तनलाई वर्तमान प्रधानमन्त्रीले नयाँ तरिकाले लिन सकेमा निकै धेरै अवसरहरु रहेको अवस्था बिद्यमान देखिन्छ भने अवसर सँगै धेरै चुनौतीहरुपनि सँग सँगै देखा परेका छन् । किनकी यसअघि चुनावमा नेपाली काँग्रेसले प्राप्त गरेको मत र अहिले नेकपा बिभाजन सँगै नेकपा एमालेका देखिएको मतान्तरका कारण पनि आगामी चुनावमा नेपाली काँग्रेसलाई धेरै फाइदा हुने देखिएको बिश्लेषणलाई नेपाली काँग्रेस भित्र देखिएको आन्तरिक किचलोले कहीँ कतै पुनः नेकपा एमाले र नेकपा माओवादीमा देखिएको जस्तो बिभाजन हुन सक्ने र नेपालमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत ल्याउन नसक्ने अनि एकले अर्कोलाई साथमा लिदैं सत्ता प्राप्तीको मात्र खेल हुने विकास र संमृद्धिका कामहरु नहुने यस्तो आशंका पनि राजनीति बृतमा चर्चा चलिरहेको छ ।
एक महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत लिनुपर्ने देखिएको छ । बिश्वासको मत लिनका लागि एमाले भित्रको असन्तुष्ट पक्षको ठूलो भूमिका हुने देखिएको यस्तो अवस्थामा बिश्वासको मत प्राप्त नभए देश चुनावमा जाने बिषय पनि उत्तिकै देखिएको छ ।
छोटो समयका लागि मात्रै भएपनि प्रधानमन्त्रीको अवसर प्राप्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताको पक्षमा कतिको काम गर्ने हुन त्यसैका आधारमा काँग्रेसको सरकारको मुल्याँकन हुने भएकोले देशमा शुसासन कायम गर्न, ठूला विकासका आयोजनाहरुलाई प्रभावकारी रुपमा अगाडी बढाउन सकेमा र कोरोना संक्रमणले थला परेको देशको अर्थतन्त्रलाई बलियो बनाउने, नेपालले आफ्नो भूभाग भनेर दावी गरेको कालापानी र लिम्बियाधुरालाई कुटनितिक रुपमा सफल पार्न सकेमा उनलाई निकै ठूलो अवसर हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार